आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुशपतिनाथको दर्शन

गोकर्णेश्वर खबर१४ भाद्र २०७९, मंगलवार १९:३० मा प्रकाशित (१ साल अघि) १३६ पाठक संख्या

१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् ।

मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरेकी हुन् ।

दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाएका छन् ।

मंगलबार तीजको अवसरमा पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।