आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर मन्दिरमा आज श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भिड 

गोकर्णेश्वर खबर११ भाद्र २०७९, शनिबार १०:०२ मा प्रकाशित (१ साल अघि) १९३ पाठक संख्या

११ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर मन्दिरमा आज श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भिड लागेको छ । भाद्र कृष्ण औँसीका दिन मनाइने आज कुशे औँसी चाडलाई बुबाको मुख हेर्ने दिन भनिन्छ ।

कुशे औँसीका दिन आज हिन्दु धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँदछन् ।

आज पितृमुक्ति धाम समेत भनेर चिनिने गोकर्णेश्वर, उत्तरगया क्षेत्रमा श्रद्धालुहरूको भिड लागेको छ । बुवालाई विशेष सम्मान गर्ने र बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्डदान र जलदान गर्ने परम्परा रहिआएकोले गोकर्णेश्वर मिन्दर परिसरमा श्रद्धालुहरूको भिड लागेको हो । कुशे औँसीलाई गोकर्ण औँसीसमेत भनिन्छ ।