आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड (फोटोफिचर)

गोकर्णेश्वर खबर११ भाद्र २०७९, शनिबार ०९:४४ मा प्रकाशित (१ साल अघि) ३८० पाठक संख्या

काठमाडौँ ।राजधानीको उत्तरपूर्वी भेगस्थित  काठमाडौंको गोकर्णेश्वर मन्दिरमा आज श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भिड लागेको छ । आज कुशे औँसी । भाद्र कृष्ण औँसीका दिन मनाइने यस चाडलाई बुबाको मुख हेर्ने दिन भनिन्छ । बुवालाई विशेष सम्मान गर्ने र बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्डदान र जलदान गर्ने परम्परा रहिआएकोले आज पितृमुक्ति धाम समेत भनिने गोकर्णेश्वर, उत्तरगया क्षेत्रमा श्रद्धालुहरूको भिड लागेको छ ।

आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।

अध्यक्ष जयराम महत ।

पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भीड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ । पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् । बाबुको मुख हेर्ने पर्व यस वर्ष शनिबार परेको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड (फोटोफिचर)