आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024

घेदुङले ग-यो भवन खरिद अभियानको घोषणा, पहिलो दिनमा नै ६० लाखभन्दा बढी रकम संकलन (पूर्ण विवरण सहित)

गोकर्णेश्वर खबर२१ श्रावण २०७९, शनिबार ०७:०० मा प्रकाशित (१ साल अघि) ३०१ पाठक संख्या

२१ साउन २०७९, काठमाडौं ।
नेपाल तामाङ घेदुङले सङ्घीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ । शुक्रबार काठमाडौंको रोयल दरबार प्यालेस महाराजगञ्जमा एक कार्यक्रमको आयोजना गरी सामूहिक रुपमा व्यानर वाचन गरेर अभियान घोषणा भएको हो । घोषणाकै दिन कार्यक्रममा उपस्थित सहयोगदाता महानुभावहरु र प्रवासस्थित विभिन्न तामाङ संस्थामा आबद्ध महानुभावहरुले भवन खरिदको लागि आफ्नो तर्फबाट स्वघोषणा गरेका थिए ।

सोही दिन भवन तथा जग्गा खरिदका लागि घेदुङका सहअध्यक्ष कुमार सिंह घिसिङ र वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनबीच बैनापट्टा भई रु. १८,००,०००/– लाखको चेक हस्तान्तरण गरिएको थियो । घेदुङको साउन १९ गते बसेको दोस्रो सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ब्लोनलाई खरिद प्रक्रियाको काम पूरा गर्न संस्थागत रुपमा प्रतिनिधि तोकेको थियो ।

पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नै घेदुङले कार्यालय भवन बनाउने योजना अघि सारेपनि त्यो पूरा हुन सकेको थिएन । त्यसपछि प्रत्येक पटकको महाधिवेशन र भेलाहरुमा घेदुङको भवन बनाउने कुरा मुख्य एजेण्डा बन्दै आएको थियो । सातौ राष्ट्रिय महाधिवेशनपछि यो मुद्दा अझ प्राथमिकताका साथ उठेको र आज बल्ल आएर त्यसले एउटा मुर्त रुप लिन लागेको सहअध्यक्ष कुमार सिंह घिसिङले बताए ।

घेदुङको २०७८ चैत १ गते सम्पन्न नवौ सङ्घीय महाधिवेशनको म्यान्डेट बमोजिम काठमाडौंको बौद्ध, चुच्चेपाटी (लाहुरेटोल) स्थित सात आना जग्गामा बनेको ४ तले बिल्डिङ भवन खरिद गर्ने निर्णय भएको थियो । हाल उक्त भवन र जग्गा घेदुङकै चार जना जिम्मेवार पदाधिकारीको नाममा आइसकेको हुँदा सो भवनमा परेको रकम चुक्ता गर्नका लागि घेदुङले आर्थिक संकलन अभियान घोषणा गरेको हो ।

कार्यक्रममा घेदुङको पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम तामाङ, सल्लाहकार तथा सांसद मा. हित बहादुर तामाङ, बागमती प्रदेश सभाका उपसभामुख तथा सल्लाहकार मा. राधिका तामाङ, पूर्व मन्त्री तथा सल्लाहकार दावा तामाङ, पूर्व मन्त्री तथा सल्लाहकार दीलमान पाख्रिन, पूर्व मन्त्री तथा सल्लाहकार पर्शुराम तामाङ, पूर्व मन्त्री रेशम लामा, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, सल्लाहकार डा. मुक्त सिंह लामा, सल्लाहकार भीम बहादुर गोले, सल्लाहकार कवेल बहादुर लामा लगायत व्यापारी, उद्योगपति, शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो । धर्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा देश, विदेशबाट तामाङ संस्थामा आबद्ध हजारौ तामाङ अभियन्ताहरुले कार्यक्रमको नजर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले यस वर्षलाई घेदुङको भवन खरिद गर्ने आन्दोलन वर्षको रुपमा लिनुपर्ने उद्घोष गरे । उनले भने, सामाजिक संस्थामा आम सहमति जुटाउन कठिन हुने भएको हुँदा हामीले यसरी लामो समय भवन खरिद गर्न सकेनौ । अब महाधिवेशनको म्यान्डेट, सङ्घीय कार्यसमिति र सचिवालयको निर्णय भई सबै प्रक्रिया पूरा गरिसकेको हुँदा अन्यथा नलिन उनले आग्रह गरे । अध्यक्ष गोलेले आगामी चैत १ गतेभित्रमा अभियान पूरा गर्ने लक्ष्य रहेको बताउनुहुँदै हामी सबैको ऐक्यबद्धता, साथ र समर्थनबाट मात्र भवन खरिदको प्रक्रिया पूरा हुने हुँदा सबैलाई एकपटक मुठ्ठि खोल्न अपील गरे ।

त्यसैगरी नेपाल तामाङ घेदुङका पुर्व अध्यक्ष परशुराम तामाङले अभियान सफलताको शुभकामना दिनुहुँदै यसलाई अघि बढाउने कुरामा प्रतिबद्धता व्यक्त गर्नुहुँदै सहयोगको समेत घोषणा गर्नुभयो । उहाँले सल्लाहकारहरुलाई पनि रकम संकलनको लागि जिम्मेवारी दिनुपर्ने बताउनुभयो । घोषणा सभामा मा. सांसद तथा सल्लाहकार हितबहादुर तामाङ, बागमती प्रदेश सभाका मा. उपसभामुख राधिका तामाङ, पूर्व मन्त्री दावा तामाङ, पूर्व राज्यमन्त्रीहरु दीलमान पाख्रिन, रेशम लामा, पर्शुराम तामाङ लगायतले सहयोगको बचनबद्धता व्यक्त गर्नुभएको थियो ।

घेदुङले यो अभियान पूरा गर्नका लागि सहअध्यक्ष कुमार सिंह घिसिङको संयोजकत्वमा सङ्घीय परिचालन समिति, प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश परिचालन समिति र स्थानीय समिति अध्यक्षको नेतृत्वमा स्थानीय समिति समेत तीन तहको आर्थिक संकलन परिचालन समिति गठन गरेको छ । यसैगरी समितिलाई बेलाबेलामा आवश्यक दिशानिर्देश तथा सुझाव दिनको लागि पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिज्ञहरु, स्थानीय तहको तामाङ प्रमुख, उपप्रमुखहरु र अन्तर्राष्ट्रिय तामाङ परिषद्का पदाधिकारी समेतलाई समेटेर एक सल्लाहकार समिति निर्माण गरेको छ ।

भवन तथा जग्गा खरिदका लागि कम्तिमा रु. १,००० देखि माथि आर्थिक संकलन गर्ने र स्वदेश तथा प्रवासका सबै तामाङ समुदायलाई यो अभियानमा जोड्ने घेदुङले लक्ष्य लिएको छ । अपीलमा भनिएको छ, यो अभियानमा नाम लेखाउनबाट कोही पनि तामाङ नछुटून् र गर्वले भनुन् कि हाम्रो पनि याम्बुमा एउटा सामुदायिक घर छ ।

यसरी घेदुङको नवौ सङ्घीय महाधिवेशनबाट निर्वाचित नयाँ टिम नयाँ जोशका साथ वर्षौदेखिको सपना पूरा गर्ने दृढ इच्छाशक्तिका साथ लागेको छ । त्यसको लागि प्रवास र स्वदेशको होल टिमलाई घेदुङले तल्लो तहसम्म परिचालन गर्न सक्नुपर्छ । जसरी घोषणाको दिन रकम संकलनको प्रतिबद्धता भयो र सबैले अभियान सफल बनाउन आफ्नो तर्फबाट बचनबद्धता व्यक्त गरे, त्यस अनुसार जान सक्यो भने घेदुङले केही महिनामा नै रकम संकलनको काम पूरा हुनेमा कुनै शंका छैन ।

सहयोग घोषणाको पूर्ण विवरण
१. कुयाङ लामा (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १०,००,०००/–
२. परशुराम तामाङ (पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
३. भीमबहादुर गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
४. सुभाष लामा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,५५,५५५/–
५. लिला घलान (अध्यक्ष, बागमती प्रदेश) रु. १,११,१११/–
६. डा. संग्राम सिंह लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १,११,१११/–
७. बि. बि. लामा (उपाध्यक्ष, आइटिसी–हाल इजरायल) रु. १,११,१११/–
८. पाल्देन योन्जन (अध्यक्ष, नेपाल तामाङ लामा घेदुङ) रु. १,०५,५५५/–
९. दीलमान पाख्रिन (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०५,०००/–
१०. रामभक्त बोम्जन (पूर्व सचिवालय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,०५,०००/–
११. जगतमान दोङ (उपमहासचिव, नेपाल तामाङ घेदुङ) रु. १,०१,१०१/–
१२. दावा गोले तामाङ (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०१,१००/–
१३. प्रेम लो (पूर्व अध्यक्ष, संस्कृति घेदुङ) रु. १,००,००१/–
१४. रोजी मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ इजरायल) रु. १,००,००१/–
१५. सोमबले तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१६. मोहन गोले तामाङ (अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१७. रुप बहादुर योन्जन (कोषाध्यक्ष, नेपाल तामाङ घेदुङ रु. १,००,०००/–
१८. हिरालाल दोङ (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५५,५५५/–
१९. नर बहादुर मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५५,०००/–
२०. रमेश तामाङ (विश्व मैत्री करुणा शान्ति अभियान अध्यक्ष) रु. ५५,०००/–
२१. बेल बहादुर लुङ्बा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५३,३५५/–
२२. बिलाम मुक्तान (अध्यक्ष, युवा घेदुङ) रु. ५२,२२२/–
२३.यमलाल गोले (अध्यक्ष, मधेश प्रदेश) रु. ५१,१११/–
२४. धर्म बहादुर डुम्जन (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५१,०००/–
२५. रुपक वाईबा तामाङ (ता. एकता समाज, साउदी अरब) रु. ५०,१००/–
२६. मा. राधिका तामाङ (उपसभामुख, बागमती प्रदेश) रु. ५०,०००/–
२७. प्रतीक ङेसुर (पूर्व सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
२८. पर्शुराम वाईबा (पूर्व मन्त्री तथा सल्लाहकार) रु. ५०,०००/–
२९. दीपक वाईबा तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३०.बिना मम्बा तामाङ (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३१. सुर्यमान तामाङ (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३२. गोमान सिंह लामा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ४३,१११/–
३३. कवेल बहादुर लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. ४०,०००/–
३४. रोसनी ब्लोन (नायिका, तामाङ चलचित्र) रु. ३१,०००/–
३५. सीता गोले (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २५,५००/–
३६. संगीता तामाङ (अध्यक्ष, महिला घेदुङ) रु. २५,५००/–
३७. लामा घ्याछो रिम्पोचे (अध्यक्ष, बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसन) रु. २५,००५/–
३८. विष्णु मोक्तान (पूर्व अध्यक्ष, तामाङ पत्रकार संघ) रु. २५,५००/–
३९. लक्ष्मी योन्जन (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २१,०००/–
४०. उषा वाईबा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २०,०००/–
४१. दिल बहादुर थोकर (पूर्व अध्यक्ष, तामाङ चिकित्सक समाज) रु. १५,०००/–
४२. सुजेन्द्र गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १५,०००/–