आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

औसत जीपीएको आधारमा लिबर्टी एकेडेमी गोकर्णेश्वरमा पहिलो र काठमाडौंमा तेस्रो

गोकर्णेश्वर खबर१८ श्रावण २०७९, बुधबार २२:४९ मा प्रकाशित (१ साल अघि) ११०० पाठक संख्या

१८ साउन, काठमाडौं । शिक्षाविकास तथा समन्वय इकाइ काठमाडौंले गरेको माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षाको नतिजा विश्लेषण अनुसार औसत जीपीएको हिसाबले लिबर्टी इं. मिडियम एकेडेमी जोरपाटी गोकर्णेश्वर नगरपालिकामा पहिलो र काठमाडौंमा तेस्रो भएको छ । काठमाडौंका २०४ विद्यालयबाट ५० जना भन्दा बढी विद्यार्थीहरु औसतमा परीक्षामा आवेदन गर्न सफल भएका थिए ।

औसत जीपीए ३.६७ ल्याएर लिबर्टि एकेडेमी गोकर्णेश्वर नगरपालिकामा पहिलो भएको छ भनें काठमाडौं जिल्लामा तेस्रो भएको छ ।

काठमाडौं जिल्लामा ईलिक्सिर एकेडेमी कुमारीगत ३.८१ औसत जीपीए सहित पहिलो र शांकरी स्कुल छाउनी ३.७५ औसत जीपीए सहित दोश्रो स्थानमा रहेको छ ।

गोकर्णेश्वर नगरपालिकामा एकता जेम्स इग्लिस एकेडेमी जोरपाटी ३.५७ औसत जीपीएको आधारमा दोश्रो र स्वेत बाराहि सेकेण्डरी स्कुल नयाँपाटी ३.३७ औसत जीपीए सहित तेस्रो भएको छ ।