आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड (फोटोफिचर)

गोकर्णेश्वर खबर२ श्रावण २०७९, सोमबार ०९:२० मा प्रकाशित (१ साल अघि) ४१७ पाठक संख्या

२ साउन, काठमाडौं । साउनको पहिलो सोमबार आज गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको भीड लागेको छ ।

हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा गोकर्णेश्वर महादेव मन्दिर लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।