आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कर्मचारी कुटे पछि सुवास घिसिङ प्रहरी हिरासतमा

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार ११:०९ मा प्रकाशित (१ साल अघि) ८१३ पाठक संख्या

२८ असार, काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई कुटेर घाईते बनाए पछि सुन मान्छे नामले चिनिएका सुवास घिसिङलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

जोरपाटी नयाँबस्तीमा वागमति किनारमा अनधिकृत रूपमा फोहोर संकलन गर्दै आएका घिसिङले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई सोमबार कुटपिट गरेर टाउको फुटाएका हुन् ।

अधिकार सम्पन्नले घिसिङलाई अनधिकृत रुपमा वागमति किनारमा फोहोर संकलन नगर्न आग्रह गरेर चिठी पठाए पनि बारम्बार अटेर गर्दै आएका सामाजिक विकास अधिकृत निरञ्जन पुडासैनीले बताए ।

तेस्रो पटक अधिकार सम्पन्नको चिठी लिएर आएका बलराम श्रेष्ठलाई घिसिङले एक्कासि कुटपिट गरेका हुन् । घिसिङको आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाका लगाइएको छ ।

श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङ महानगरीय प्रहरी परिसर बौद्धको हिरासतमा रहेका छन् ।