आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपमेयर सान्नानी लामाबाट भर्सटायल डान्स स्टुडियो उद्घाटन 

गोकर्णेश्वर खबर२५ असार २०७९, शनिबार १६:२४ मा प्रकाशित (१ साल अघि) ४८४ पाठक संख्या

२५ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा भर्सटायल डान्स स्टुडियोको आज उद्घाटन भएको छ । राष्ट्रिय कला संस्कृति प्रतिष्ठानद्वारा आयोजित प्रतिष्ठान एवम् भर्सटायल डान्स स्टुडियोको उद्घाटन गोकर्णेश्वर नगरपािलकाका उपमेयर सान्नानी लामाले गरेकी हुन ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा प्रतिष्ठान एवम् भर्सटायल डान्स स्टुडियो उद्घाटनका साथै नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा उपमेयर सान्नानी लामाले नृत्य शारीरिक र मानसिक स्वास्थ्यका साथै सिर्जनशील जीवनका लागि महत्वपूर्ण हुने बताईन् ।

कार्यक्रममा उपमेयर सान्नानी लामा, वडा नं ८ का वडा सदस्यहरु सुमन लामा, चन्द्रलाल श्रेष्ठ, सीता तिमल्सिना र सोविता मिजारलाई सम्मान गरिएको थियो । कार्यक्रममा लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, समाजसेवी कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।