आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाल मेडिकल कलेजमा मेयर दीपक रिसाललाई सम्मान

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार २१:११ मा प्रकाशित (१ साल अघि) ५७९ पाठक संख्या

१६ असार, काठमाडौं । नेपाल मेडिकल कलेज स्वतन्त्र कर्मचारी युनियनले आज नव निर्वाचित मेयर दीपक रिसाललाई सम्मान स्वरुप बधाई दिंदै शुभकामना समेत दिएको छ ।

आज युनियनले गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र गोनपा वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना प्रदान गरेको हो ।

युनियनका अध्यक्ष दिनेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रमलाई नगर प्रमुख (मेयर) दीपक रिसाल, वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, युनियनका पूर्व अध्यक्ष तथा कर्मचारी बोर्डका अध्यक्ष किरण के.सी.ले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य बोर्डका सदस्य सुदिम्न दाहालले गरेका थिए भनें कार्यक्रम सञ्चालन युनियनका सचिव उमेश कार्कीले गरेका थिए ।