आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

माकलबारीमा कागजबाट प्लेट, दुना बनाउने मेसिनको उद्घाटन

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार २०:१८ मा प्रकाशित (१ साल अघि) ४६० पाठक संख्या

१६ असार, काठमाडौं । गोकर्णेश्वर ४ माकलबारीमा कागजबाट प्लेट, दुना बनाउने मेसिनको उद्घाटन भएको छ । आज गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले सो मेसिनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जयराम महत तथा वडा सदस्यहरु राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, गौरी श्रेष्ठको उपस्थिती रहेको थियो ।
मेसिनले कागज (पेपर) को प्लेट, बोता दुना टपरी बनाउने छ ।

गोकर्णेश्वर नगरपालिकाको ३ लाख सहयोग र डिग्नीटी लायन्स फाउन्डेसनको ३ लाख गरी रु ६ लाखमा मेशिन राखिएको अध्यक्ष शर्मिला भट्ट कोईरालाले जानकारी दिईन् ।

कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत तथा वडा सदस्यहरु राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, गौरी श्रेष्ठलाई खादा लगाएर सम्मान गरिएको थियो ।