आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर २ पाखाथोकमा स्थानीयले हिलो सडकमा धान रोपे (भिडियो सहित )

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १३:१८ मा प्रकाशित (१ साल अघि) ५११ पाठक संख्या

१५ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. २ पाखाथोकका स्थानीयले सडकमै धान रोपेका छन् । स्थानीयले सडक हिलो भए पछि वडा कार्यालय तथा नगरपालिकाले सडक बनाउन ध्यान नदिएको भन्दै विरोध गर्दै धान रोपेका हुन् ।

असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा देशभरी खेतमा धान रोपाई भईरहे पनि पाखाथोकका स्थानीयले भनें सडक हिलो भएको भन्दै सडकमा धान रोेपर विरोध गरेका छन् ।

भिडियो