आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर नगरपालिकाको प्रथम नगरसभा २०७९ को समुद्घाटन

गोकर्णेश्वर खबर१० असार २०७९, शुक्रबार १९:२४ मा प्रकाशित (१ साल अघि) १६७ पाठक संख्या

१० असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको प्रथम नगरसभा २०७९ को आज समुद्घाटन भएको छ । आज संघीय सांसद तथा कार्यक्रममा प्रमुख अतिथी कृष्ण बहादुर राईले नगरसभाको उद्घाटन गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा उपमेयर सान्नानी लामा, वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, निवर्तमान मेयर सन्तोष चालिसेको विशेष आतिथ्यता रहेको थियो ।

यसैगरी, निवर्तमान उपमेयर शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा तथा वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुईकेल, जयराम महत, नारायण बहादुर सुवेदी, नवराज लामा, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा, वडा सदस्यहरु, नेकपा एमालेका नगर कमिटि अध्यक्ष उद्धव विष्ट, नेपाली कांग्रेसका नगर सभापति कुमार लामा, नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) सभापति श्रीराम चालिसे लगायत दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

नगरसभालाई संघीय सांसद तथा कार्यक्रममा प्रमुख अतिथी कृष्ण बहादुर राई, मेयर दीपक रिसाल, वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, निवर्तमान मेयर सन्तोष चालिसे, उपमेयर सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले सम्बोधन गरेका थिए ।

यसैगरी, गोकर्णेश्वर नगरपालिकाको प्रथम नगरसभा २०७९ को बन्द शत्र पनि शुरु भईसकेको छ । नगरसभाले गोकर्णेश्वर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट तय गर्नेछ ।