आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वरमा ११ वर्ष मुनिका बालबालिकालाई असार १० गतेबाट फाईजर खोप

गोकर्णेश्वर खबर८ असार २०७९, बुधबार २१:२४ मा प्रकाशित (१ साल अघि) २३४ पाठक संख्या

८ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा ५ देखि ११ वर्षका बालबालिकालाई असार १० गतेबाट कोरोना विरुद्धको फाईजर खोप दिने भएको छ । नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्यकर्मीहरु खटाएर खोप लगाउने नगरपालिकाले सुचना जारी गरेको छ ।

नेपाल सरकारले भनें भोलिदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, गोकर्णेश्वर नगरपािलकाले १० गतेबाट बालबालिकाको लागि विद्यालयमै कोरोना विरुद्धको फाईजर खोप कार्यक्रम सञ्चालन गर्ने गरी सुचना जारी गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाले असार १० गते देखि असार १५ गतेसम्म विभिन्न वडाका विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गर्नेछ । (खोप लगाउने वडा, मिति, समय र विद्यालय तल दिईएको सूचनामा हेर्नुहोस् ।)

असार १० गते वडा नं. ५ र ६ मा खोप कार्यक्रम सञ्चालन गर्ने जारी सुचनामा बताएको छ ।

असार १२ गते वडा नं. ५, ६, ७ र ८ का केही विद्यालयमा फाईजर खोप दिनेछ ।

असार १३ गते वडा नं. ८ सहित वडा नं. ६ र ९ का केही विद्यालयमा खोप कार्यक्रम हुनेछ ।

असार १४ गते वडा नं. ४ सहित ५, ६, ८ र ९ का केही विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

असार १५ गते वडा नं. १ र २ मा खोप कार्यक्रम हुनेछ भनें वडा नं. ४ को नाम्गेल मा.वि.मा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

गोकर्णेश्वर नगरपालिकाले जारी गरेको सुचना हेर्नुहोस् :-