आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

छैटौं निसान कप फुटसल प्रतियोगिता आजबाट शुरु, १४ टिमले प्रतिश्पर्धा गरे

गोकर्णेश्वर खबर३ असार २०७९, शुक्रबार २३:१२ मा प्रकाशित (१ साल अघि) ४०५ पाठक संख्या

३ असार, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको निसान कप फुटसल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको उद्घाटन निशानका अध्यक्ष ओम प्रसाद ढकालले रेफ्रिलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो ।

नेपाल मेडिकल कलेज अत्तरखेल नजिक रहेको रम्बल फुटसलमा आजबाट शुरु भएको छैटौं ७ ‘ए’ साइड फुटसल प्रतियोगिताका लागि विभिन्न विद्यालयका खेलाडीहरुले प्रतिश्पर्धा गरेका छन् । ३६ टिमले भाग लिएको प्रतियोगितामा आज १४ टिमले प्रतिश्पर्धा गरेका छन् ।

आज भएको ग्रुप ए, बी, सी र डी को खेल अन्तर्गत ग्रुप ‘ए’ बाट चाल्स डार्विन र केब्स एकेडेमी बिच भएको खेलमा चाल्स डार्बिन २ का विरुद्ध १ गोलले विजयी भयो । यसैगरी कुण्डलिनी विरुद्ध नेपालय ० का विरुद्ध ४ गोलले विजयी भयो । लर्डस् लाईट र छहारि बिचको खेलमा छहारी ४ गोलले विजयी भयो । न्यु इरा र आईलेन्स बीचको खेलमा न्यु ईराले ४ गोलले विजयी भयो ।

आजै भएको ‘बी’ ग्रुपको खेलमा होलि एन्जल्स र वल्र्ड युथको खेल ट्राइब्रेकरमा पुग्दा वल्र्ड युथ विजयी भएको छ । श्रीयन्त्र र त्रीकोण बीचको खेलमा त्रीकोण ३ गोलले विजयी भयो । ईष्टपोल र ग्रीनतारा बीचको खेल निधार्रित समयमा कुनै टिमले गोल गर्न नसके पछि ट्राईब्रेकरमा ग्रीन तारा विजयी भयो । गोकर्णेश्वर लाईट्स् र विट्स एकेडेमी बीच भएको खेल वीट्स् एकेडेमीले २ गोलले जित्यो ।

आज भएको ग्रुप ‘सी’ को खेलमा हिम श्रृङखला बी ले गोकर्णेश्वर महादेवलाई ० विरुद्ध १ गोलले विजयी भयो । हिम श्रृङखला ए र अरुणेदय ए बीचको खेलमा अरुणोदय ए १ गोलले बीजयी भयो । लिवर्टी र रिब्स बीचको खेलमा लिबर्टी १ का विरुद्ध ६ गोलले विजयी भयो । सांग्रीला बी र लिटिल बर्डको खेलमा ट्राईबे्रकरमा लिटिल बड विजयी भयो ।

यसैगरी आजै भएको ग्रुप ‘डी’को खेलमा पाँचपोखरी विरुद्ध जीवन तारा ० विरुद्ध ५ गोलले विजयी भयो । सांग्रीला ए विरुद्ध स्वेत बाराही १ का विरुद्ध ३ गोलले विजयी भयो ।

आजको खेलमा उत्कृष्ठ खेलाडीहरुलाई म्यान अफ द म्याचको ट्रफी दिईएको अध्यक्ष ढकालले जानकारी दिए ।