आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर ६ द्वारा सडकमा निर्माण सामग्री नराख्न अनुरोध

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार २३:०० मा प्रकाशित (१ साल अघि) ३४४ पाठक संख्या

२ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ ले सडकमा निर्माण सामग्री नराख्न अनुरोध गरेको छ । आज एक सुचना जारी गर्दै वडाले असार ५ गते देखि बाटोहरुमा निर्माण सामाग्री नराख्न अनुरोध गर्दै राखेको पाईएमा नगरपालिकाद्वारा सो सामग्रीहरु उठाउने बताएको छ ।

वडा अध्यक्ष नवराज लामाको हस्ताक्षर रहेको सुचनामा भनिएको छ गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा रहेका मुल सडक, शाखा सडक तथा गल्लीहरुमा कुनै पनि किसिमको निर्माण सामग्री नराख्न अनुरोध गरिन्छ ।

मिति २०७९ असार ५ गते देखी बाटोहरुमा निर्माण सामग्रीहरु राखेको पाईएमा नगरपालिका द्वारा सो सामाग्रीहरु उठाईने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।