FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

कुमारराज सुवेदीबाट प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दिने दावी

गोकर्णेश्वर खबर३० जेष्ठ २०७९, सोमबार ०८:१७ मा प्रकाशित (३ हफ्ता अघि) ५६० पाठक संख्या

३० ज्येष्ठ, काठमाडौं । ३ दशक देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दिने दावी गरेका छन् ।

सुवेदीले लामो समय देखि राजनीतिमा आबद्ध भएर काम गर्दै आएको अनुभव बोकेर काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दावी गरेको गोकर्णेश्वर खबरलाई बताए ।

उनले राजनीतिक र सामाजिक अभियानबाट आफू चिनिएको हुनाले जनताको विश्वास बोकेर प्रदेश सभामा प्रतिनिधित्व गर्दै क्षेत्र नं. ३ का आम नागरिकको सेवा गर्ने उदेश्य रहेको बताए ।

प्रदेश स्थानीय तह र संघको बिचमा पुलको रुपमा रहेको हुनाले स्थानीय क्षेत्रको विकासमा तीनै तहको सरकारलाई झकझकाउन आवश्यक हुने बताउँदै सुवेदीले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) का सबै संभावनालाई विकासका रुपमा साकार पार्न र यस क्षेत्रको व्यवसायिक विकास, उत्पादनमुलक व्यवासयिकताको अभिवृद्धी, सांस्कृतिक पर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको विकासको संभावनालाई साकार पार्न आफूले विशेष पहल गर्ने बताए ।

३ दशक देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल भएर काम गरेको अनुभवका आधारमा यस क्षेत्रका आम नागरिकको प्रतिनिधित्व गर्दै यस क्षेत्रलाई न्याय दिन सक्ने र प्रदेश सभाको गरिमालाई कायम गर्न सक्ने योग्य उम्मेदवार आफू भएको सुवेदीले दावी गरे ।

राजनीतिका साथै शिक्षा, खेलकुद, सामाजिक अभियान, साहित्य, लायन्सको अभियानमा निरन्तर क्रियाशिल सुवेदी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । सुवेदी २०४८ सालमा साविक जोरपाटी गाविसको नेपाली कांग्रेसका सभापति समेत हुन् । लायन्स क्लब अफ काठमाडौं जोरपाटीका संस्थापक समेत रहेका सुवेदी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्व महासचिव हुन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ का पूर्व डिष्ट्रिक गभर्नर सुवेदी हाल नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष रहेका छन् ।