आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

फेरि बढ्यो इन्धनको मूल्य

गोकर्णेश्वर खबर२७ जेष्ठ २०७९, शुक्रबार ०७:०८ मा प्रकाशित (१ साल अघि) २८९ पाठक संख्या

२६ जेठ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।