आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वर ९ मा ६०० मत गणना, वडा अध्यक्षमा राजिव थापाको फराकिलो अग्रता 

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार १७:२७ मा प्रकाशित (१ साल अघि) १०८३ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को ६०० मतगणना जारी छ । ६०० मत गणना हुँदा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार राजीव थापाले फराकिलो अग्रता लिएका छन् ।

थापाले ३६४ मत पाएका छन् भनें उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्र सिंह ठकुरीले १०० मत पाएका छन् । थापाले २६४ मतले अग्रता लिएका छन् ।

यसैगरी नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ३५४ मत ल्याएका छन् भनें उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले १२४ मत ल्याएका छन् । यस वडामा रिसालले २३० मतले अग्रता लिएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार शान्ति नेपालले २७७ मत ल्याएकी छिन् भनें एमालेकी उपमेयरकी उम्मेदवार सान्नानी लामाले १७७ मत ल्याएकी छिन् । यस वडामा नेपालले १०० मतले अग्रता लिएकी छिन् ।