आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार १५:२१ मा प्रकाशित (१ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भिडियो रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो ।

आयोगको अनुसार आधा स्थानीय तह (३ सय) स्थलमा मात्रै सीसीटिभी क्यामेरा राखिने छ ।