आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोेकर्णेश्वरमा कांग्रेसको पक्षमा जनलहर उर्लियो : मेयरका उम्मेदवार रिसाल

गोकर्णेश्वर खबर२० बैशाख २०७९, मंगलवार २१:२६ मा प्रकाशित (२ साल अघि) ४७५ पाठक संख्या

२० वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार दिपक रिसालले कांग्रेसको पक्षमा जनलहर उर्लेको बताएका छन् । चुनावी प्रचार प्रसारमा खटिएका रिसालले घरदैलो कार्यक्रममा कांग्रेसको पक्षमा उर्लिएको जनलहरले गोकर्णेश्वरमा कांग्रेस धेरै बलियो देखिएको दावी गरेका हुन् ।

रिसालले घरदैलो कार्यक्रममा आम नगरवासीले गरेको मायाबाट आफू ज्यादै उत्साहित भएको गोकर्णेश्वर खबरलाई बताए । उनले गोकर्णेश्वरमा कांग्रेसले राम्रो मतपरिणाम ल्याएर जित्ने दावी गरे ।

उनले आम नगरवासीको चाहनालाई सम्मान गर्दै आधुनिक र समृद्ध गोकर्णेश्वर निर्माण गर्न विज्ञको परामर्श र आम नगरवासीको सहभागितालाई जोडेर दिर्घकालिन योजना र दृष्टिकोण सहित कार्य गर्ने बताए ।

उनले सबै नगरवासीको विमा गर्ने योजनालाई प्राथमिकता दिएर कार्य गर्ने, गुणस्तरिय शिक्षा र सर्वसुलभ स्वास्थ्य उपचारका लागि कार्य गर्नेमा जोड दिए । सडक, ढल, खानेपानी, फोहोर व्यवस्थापनमा उदाहरणीय नगरपालिका बनाउने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।