आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वरमा एमालेको २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

गोकर्णेश्वर खबर१६ बैशाख २०७९, शुक्रबार १९:०१ मा प्रकाशित (२ साल अघि) ५९४ पाठक संख्या

१६ वैशाख, काठमाडौँ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गोकर्णेश्वर नगरपालिकामा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले गोकर्णेश्वर नगर कमिटीले आज निर्वाचन परिचालन कमिटी डा. विदुर चालिसेको संयोजकत्वमा गठन गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईको उपस्थितिमा एमाले गोकर्णेश्वर नगर कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरमा उद्धव बिष्ट र सान्नानी लामालाई चुनावी मैदानमा उतारेको छ ।

गत ०७४ सालको स्थानीय निर्वाचनमा यस नगरपालिकामा एमालेले २ जना वडाअध्यक्ष सहित केही वडा सदस्यहरू जितेको थियो । यस पटक गोकर्णेश्वरमा एमाले पार्टी बलियो रहेको भन्दै स्थानीय चुनावमा सानदार जित हुने एमालेका नेताहरुले बताउँदै आएका छन् ।