आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

कांग्रेसका युवा नेता हरिबोल भण्डारीबाट २ हजार थान झण्डा हस्तान्तरण

गोकर्णेश्वर खबर१५ बैशाख २०७९, बिहीबार २१:५९ मा प्रकाशित (२ साल अघि) ४४६ पाठक संख्या

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीले नेपाली कांग्रेस पार्टीको २ हजार थान झण्डा हस्तान्तरण गरेका छन् ।

आज सम्पन्न काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय भेलामा  क्षेत्रका १३ वटै इकाईका लागि भण्डारीले नेपाली कांग्रेसको झण्डा हस्तान्तरण गरेका हुन् ।

काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे तथा युवा नेता हरिबोल भण्डारीले सो झण्डा संयुक्त रुपमा इकाई सभापतिहरुलाई हस्तान्तरण गरेका थिए ।

क्षेत्रीय भेलामा प्रदेश सभा (ख) का सभापति तथा युवा नेता विमल ठकुरी, प्रदेश सभा (क) का सभापति श्रीराम चालिसे (राज), नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयरका उम्मेदवार दीपक रिसाल, उपमेयरका उम्मेदवार शान्ति नेपाल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आजको क्षेत्रीय भेलामा नेपाल कम्युनिष्ट पार्टी एमालेमा विगत ३० बर्ष देखी सक्रिय राजनीति गरेका महानगर कमिटी सदस्य तथा वार्ड नम्बर ६ का सह इन्चार्ज पुष्कर चलिसे तथा राम केशर राउत र बौद्ध सिमलटारका मन बहादुर थापा नेकपा एमाले पार्टीको साधारण सदस्य समेत परित्याग् गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई क्षेत्रीय सभापति सन्तोष चालिसेले खादा लगाएर स्वागत गरेका थिए ।