आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वरमा २१२ जनाको उम्मेदवारी दर्ता, मेयरमा १२ जना उम्मेदवार

गोकर्णेश्वर खबर१३ बैशाख २०७९, मंगलवार १३:०० मा प्रकाशित (२ साल अघि) ७८७ पाठक संख्या

१३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा स्थानीय चुनावका लागि २१२ जनाको उम्मेदवारी दर्ता भएको छ । मेयरको पदमा ८ वटा दलबाट र ४ जना स्वतन्त्र गरी १२ जना मेयरका उम्मेदवार भएका छन् ।

यसैगरी, उपमेयरको पदमा ६ दलबाट र १ जना स्वतन्त्र गरी ७ जना उपमेयरका उम्मेदवार भएका छन् ।

यसैगरी, वडा अध्यक्षका उम्मेदवारहरु ४८ जना रहेका छन् । खुल्ला वडा पुरुष सदस्यमा ७४ जनाले उम्मेदवारी दिएका छन् भनें खुल्ला महिला सदस्यमा ४१ जनाले र दलित महिला सदस्यमा ३० जनाले उम्मेदवारी दिएका छन् ।

गोकर्णेश्वर नगरपालिकाको ९ वटा वडाबाट जम्मा २१२ जनाले उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।