आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वरमा माओवादी र एसको वडासम्म तालमेल

गोकर्णेश्वर खबर१३ बैशाख २०७९, मंगलवार ०८:५९ मा प्रकाशित (२ साल अघि) ७८३ पाठक संख्या

१३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्रल र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट गोपाल बराल मेयरको उम्मेदवार छन् भने माओवादी केन्द्रका पेमाछिरी शेर्पा उपमेयरको उम्मेदवार छन् ।

माओवादी केन्द्रले वडा नम्बर १,२, ३, ५, ७ र ९ तथा एकीकृत समाजवादीले ४, ६ र ८ नम्बर वडा लिएर सिट बाँडफाँट गरेर तालमेल गरेका छन् ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले उपमेयर अरु दललाई दिन नसक्ने बताए पछि नेकपा माओवादी केन्द्रल र नेकपा एकीकृत समाजवादीले मात्र तालमेल गरेका थिए ।