आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वर कांग्रेसमा टिकट बाँडफाँड प्रति असन्तुष्टि, कांग्रेस नेता, कार्यकर्ता बने स्वतन्त्र उम्मेदवार 

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार २२:०० मा प्रकाशित (२ साल अघि) २६६४ पाठक संख्या

१२ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यका लागि उम्मेदवार चयन एकलौटि भएको भन्दै असन्तुष्टि देखिएको छ । कांग्रेसका नेताले टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरको भन्दै व्यापक असन्तुष्टि देखिएको हो ।

यसैबीच, टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय भएको भन्दै इकाई सभापति लगायतले राजिनामा दिएको घोषणा गरेका छन् । वडा नं. ८ का इकाई सभापति लक्ष्मण चौंलागाई, वडा नं. ३ का इकाई सभापति श्याम बहादुर श्रेष्ठ, वडा नं. २ का इकाई सभापति दीपेन्द्र लामा, पूर्व इकाई सभापति प्रेम प्रसाद श्रेष्ठ, प्रदेश (ख) सचिव जयराम महत, अन्य इकाई उपसभापति, पूर्व इकाई सभापति, क्षेत्रीय प्रतिनिधि लगायत १०० जना भन्दा धेरैले पार्टी साधारण सदस्य समेत नररहने गरी, क्रियाशिल तथा पदबाटै राजिनामा दिएको घोषणा गरेका छन् ।

यसैगरी असन्तुष्ट कार्यकर्ताहरुले मेयर, उपमेयर वडा अध्यक्ष तथा सदस्यपदमा स्वतन्त्र उम्मेदवारी दिइका छन् ।
यसरी स्वतन्त्र उम्मेदवारी दिनेहरुमा पूर्व नगर सभापति श्रीकृष्ण ज्योती समेत रहेका छन् । ज्योतीले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भनें क्षेत्रीय प्रतिनिधि लक्ष्मी पुडासैनीले उपमेयरमा उम्मेदवारी दिएकी छिन् ।

यसैगरी वडा नं. २ का पूर्व इकाई सभापति प्रेम प्रसाद श्रेष्ठले वडा नं. २ मा तथा प्रदेश (ख) का सचिव जयराम महतले वडा नं. ४ को वडा अध्यक्षमा र इकाई सभापति लक्ष्मण चौंलागाईले वडा नं. ८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोकर्णेश्वरका ९ मध्ये ७ वडामा कांग्रेसका कार्यकर्ताले अध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका समाचार प्राप्त भएको छ ।