आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वरको मेयर उपमेयरमा मुख्य दलको उम्मेदवारी दर्ता, कांग्रेसबाट मेयरमा दीपक रिसाल

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार २०:४१ मा प्रकाशित (२ साल अघि) १११८ पाठक संख्या

१२ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयरमा प्रमुख दलहरुले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसबाट मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपालले उम्मेदवारी दर्ता गरेका छन् भनें नेकपा एमालेका तर्फबाट मेयरमा उद्धब बिष्टले र उपमेयरमा सान्नानी लामाले उम्मेदवारी दिएका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले चुनावी तालमेल गरी मेयरमा एकिकृत समाजवादीका तर्फबाट गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पेमा छिरि शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसाल क्षेत्रीय सचिव हुन् भनें उपमेयरका उम्मेदवार गोकर्णेश्वरकै उपमेयर हुन् ।

नेकपा एमाले दलबाट गोकर्णेश्वर नगरपालिकाको मेयरमा एमाले नेता तथा गोकर्णेश्वर नगरकमिटी अध्यक्ष समेत रहेका बिष्टले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै त्यस्तै उप मेयरमा सान्नानि लामाले उम्मेद्वारी दर्ता गराएकी छिन् ।

यसैगरी, अर्का मेयरका उम्मेदवार जोरपाटी निवासी गोपाल बराल नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य समेत हुन् । त्यस्तै उपमेयरका उम्मेदवार पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् ।

आज उम्मेदवारी बेशिगाउँस्थित नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गरेका हुन् ।