आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

गठबन्धनबाट सिट बाँडफाँट टुंगो लगाउने चुनावी तालमेलका आधारहरु तय

गोकर्णेश्वर खबर३० चैत्र २०७८, बुधबार ०७:४४ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

३० चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार तय गरिएको छ ।

जसमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ । साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई आधार मानिएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा जो जुन पार्टीबाट जितेका छन्, त्यसआधार मान्ने । एकीकृत समाजवादीको हदमा पनि हाल दलमा रहेका जनप्रतिनिधिहरूलाई मान्ने ।

२०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।

२०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रहेको गठबन्धनमा सहभागिता पनि हेर्ने।

२०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।

सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।