आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

टोखा नगरपालिका-४ को वडा अध्यक्षमा माओवादी केन्द्रका रमेश श्रेष्ठको दाबी

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार १५:२५ मा प्रकाशित (२ साल अघि) ७०० पाठक संख्या

२३ चैत, काठमाडौं । टोखा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रमेश श्रेष्ठले दावी गरेका छन् । नेकपा माओवादी केन्द्र टोखा ४ का अध्यक्ष समेत रहेका श्रेष्ठले आउदो स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

विभिन्न सामाजिक संघसंस्था तथा लायन्स क्लब इन्टरनेसनलसँग आबद्ध भई सामाजिक कार्यमा सक्रिय रहँदै आएका श्रेष्ठले आफू वडा अध्यक्षमा निर्वाचित भएमा टोखा नगरपालिका वडा नं ४ लाई मानव विकास सुचकांकमा वृद्धि गर्दै समुन्नत वडा बनाउने योजनाका साथ अगाडि बढ्ने बताए ।

उनले वडाको विकासमा सबै सरोकारवाला पक्षलाई समेटेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । विकासमा लागि सुशासन र पारदर्शिता आवश्यक रहने भन्दै उनले वडाको विकासमा सुशासन र पारदर्शिता कायम गर्ने समेत बताए ।