आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

महानगर विशेष भत्ता बाँड्न घरघरमा पुग्दै वडा अध्यक्ष दिपेन्द्र लामा

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार ०८:२९ मा प्रकाशित (२ साल अघि) ८०९ पाठक संख्या

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ ले महानगर विशेष भत्ता वितरण गरिरहेको छ । हिंडडुल गर्न नसक्ने अशक्त वृद्धवृद्धा तथा पूर्ण अपांगता भएका व्यक्तिलाई घरघरमा पुगेर भत्ता वितरण गरिरहेको वडा अध्यक्ष दिपेन्द्र लामाले बताए ।

काठमाडौं महानगरपालिका वडा नं. ६ मा ३६७ जना मध्ये २११ जनालाई मंगलबार सम्ममा महानगर विशेष भत्ता वितरण भईसकेको छ । महानगर विशेष भत्ता अन्र्तगत वर्षको एकमुष्ट १२ हजार रुपैया पाउँछन् ।

काठमाडौं महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिलाई महिनाको एक हजारका दरले वर्षको १२ हजार रुपैयाँ दिंदै आएको छ । विशेष भत्ताका साथमा वडा नं. ६ बौद्धले वडाको तर्फबाट एक झोला डाईजेष्टिभ विस्कुट दिएको छ ।

हिंडडुल गर्न नसक्ने अशक्त वृद्धवृद्धा र पूर्ण अपांगता भएका व्यक्तिलाई घरघरमा पुगेर भत्ता वितरण गरे पनि अन्य जेष्ठ नागरिकलाई वडा कार्यालय वा टोलमै पुगेर भत्ता वितरण गरिएको वडा सदस्य जयराम पुडासैनीले बताए ।