आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

माओवादी केन्द्रबाट गोकर्णेश्वर ४ को वडा अध्यक्षको दावेदार को-को ?

गोकर्णेश्वर खबर२२ चैत्र २०७८, मंगलवार २३:१८ मा प्रकाशित (२ साल अघि) ७५४ पाठक संख्या

२२ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोकर्णेश्वर नगरपालिकाको वडा वडामा उम्मेदवारका आकांक्षीहरु बढीरहेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओवादी केन्द्रबाट ३ जनाले दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवारमा पाशाङ तामाङ, शिवहरि श्रेष्ठ र रामलाल श्रेष्ठले दावि गरेका छन् ।

पहिलेको तुलनामा वडा नं. ४ मा माओवादी पार्टीको अवस्था बलियो भएको भन्दै वडा अध्यक्षको उम्मेदवारका दावेदार बढिरहेका छन् । माओवादी केन्द्रबाट वडा अध्यक्षका दावेदार पाशाङ तामाङ गोनपा नगर सदस्य रहेका छन् भनें शिवहरि श्रेष्ठ गोनपा ४ वडा कमिटी अध्यक्ष र रामलाल श्रेष्ठ गोनपा सचिवालय सदस्य हुन् ।