आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वर ४ को वडा सदस्यको उम्मेदवारमा रोशनबाबु श्रेष्ठको दावी

गोकर्णेश्वर खबर२२ चैत्र २०७८, मंगलवार २१:२० मा प्रकाशित (२ साल अघि) ९७८ पाठक संख्या

२२ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को वडा सदस्यको उम्मेदवारमा रोशनबाबु श्रेष्ठले दावी गरेका छन् । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ४ इकाई सहसचिव समेत रहेका श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

रोशनबाबु विभिन्न व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै राजनीतिक क्षेत्रमा पनि आबद्ध भएर अगाडी बढेका छन् । बाबा गोकर्णेश्वर यातायातका सचिव समेत रहेका रोशनबाबु एक उद्यमशील युवा, सफल व्यवसायी र समाजसेवी पनि हुन् ।

उनले लायन्स, किबानिज तथा विभिन्न क्लब तथा सामाजिक संघसंस्थामा आबद्ध रहेर समाजसेवाको क्षेत्रमा धेरै काम गरेका छन् भनें कोरोना कहरको कठिन समयमा उनले धेरै राहत वितरणका कामहरु गरेका थिए ।

सहकारी अभियन्ता समेत रहेका रोशनबाबु गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । गोकर्णेश्वरको विकासका लागि स्थानीय स्तरमा बलियो नेतृत्व आवश्यक रहेको बताउने रोशनबाबु स्पष्ट नीति, धारणा र कार्ययोजना बोकेर आफू अगाडी बढ्ने बताउँछन् ।

उनले वडाको विकासमा युवा जनशक्तिलाई एकताबद्ध गर्दै कुशल परिचालन गर्ने भिजन बोकेर अग्रजहरुसँग सल्लाह गरेरै आफू वडा सदस्यको लागि उम्मेदवारी दावी गर्दै अगाडी बढेको बताए। उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई निरन्तर काम गरिरहेकोले पार्टी र वडावासीको मन जित्ने गरी आफूले काम गर्ने बताउँछन् ।