आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024

गोकर्णेश्वर ८ को ३ दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

गोकर्णेश्वर खबर२० चैत्र २०७८, आईतवार २०:१८ मा प्रकाशित (२ साल अघि) ६३९ पाठक संख्या

२० चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को ३ दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न भएको छ । वडा नं. ८ ले आयोजना गरेको ३ दिने भ्रमण चैत १७ गतेबाट शुरु भई १९ गते सम्पन्न भएको हो ।

३ दिने ज्येष्ठ नागरिक भ्रमण अन्तर्गत लुम्बिनी, सीजी धाम, देवघाट धाम प्रसिद्ध धार्मिक क्षेत्रहरुको भ्रमण भएको थियो । निर्वाचित वडा समिति आए पछि २ वर्ष नियमित रुपमा भएको धार्मिक भ्रमण दुई वर्ष कोरोनाको कारणले स्थगित भएको थियो । यस वर्ष एक सय १० जना ज्येष्ठ नागरिक र एकल महिलाहरुले धार्मिक भ्रमण गरेका छन् ।

ज्येष्ठ नागरिक भ्रमण व्यवस्थापन तथा सहजीकरण कार्यमा जिसस काठमाडौं सदस्य तथा वडा सदस्य सान्नानी लामा, वडा सदस्य नन्दलाल श्रेष्ठ, वडा सदस्य डम्बर श्रेष्ठ, वडा सदस्य सोविता मिजारले गरेका थिए ।

धार्मिक तिर्थस्थल दर्शनका लागि व्यवस्थापन गरेकोमा वडा समितिलाई धन्यवाद दिंदै वृद्धवृद्धाहरुले धार्मिक भ्रमण राम्रो भएको गोकर्णेश्वर खबरलाई प्रतिक्रिया दिए ।