आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

जोरपाटी नयाँबस्तीमा हजार घरधुरीलाई खानेपानीको उद्घाटन

गोकर्णेश्वर खबर१२ चैत्र २०७८, शनिबार १५:३३ मा प्रकाशित (२ साल अघि) ५५७ पाठक संख्या

१२ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटी नयाँबस्तीमा एक हजार घरधुरीलाई खुवाउने खानेपानीको उद्घाटन भएको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा विनियोजित सत्तरी लाखको लागतमा सम्पन्न खानेपानीको वागमति प्रदेश सभा सदस्य तथा प्रमुख अतिथी छिरिङ दोर्जे लामा र विशिष्ठ अतिथी नगर प्रमुख श्री सन्तोस चालिसेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले विभिन्न समस्या आए पनि नयाँबस्तीबासीलाई पानी खुवाउने वातावरण बनेकोमा खुसी व्यक्त गर्दै योजना सफल बनाउन सहयोग गरेकोमा स्थानीयहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा उनले नगरवासीको समस्या समाधान गर्न नगरपालिका सँधै तयार रहेकोमा जोड दिंदै विकासका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताए ।

सुक्रबार आयोजित कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको थियो ।

नयाँबस्ती स्थित ग्रीनभ्याली विकास समाजको प्राङगणमा आयोजित कार्यक्रममा उपमेयर शान्ति नेपाल, नगरप्रवक्ता मनोज कुमार ढुंगाना, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, प्रमुख प्रशासकीय अधिकृत वैकृण्ठ प्रसाद सापकोटा, प्रमुख सल्लाहकार दीपक रिसाल लगायत स्थानीय वासीन्दाहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।