आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

एमाले केन्द्रीय कमिटीको आज बैठक बस्दै, यस्ता छन एजेण्डा

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०८:१८ मा प्रकाशित (२ साल अघि) १९० पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।