आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

काँग्रेसको स्थानीय तहको निर्वाचनलाई लक्षित अभियान आजबाट प्रारम्भ

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७८, आईतवार ०७:३८ मा प्रकाशित (२ साल अघि) २२६ पाठक संख्या

२९ फागुन, काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान आजबाट प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नेछन् ।

‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी काँग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको बताए ।

फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने उनले बताए । काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महìवपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्ने उहाँले उल्लेख गरे ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए । उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको छ ।