आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर नगरपालिका शंखडोलबाट एक युवक सम्पर्कविहीन

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार ०८:१६ मा प्रकाशित (२ साल अघि) २५१२ पाठक संख्या

२१ माघ, काठमाडौं । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाबाट एक युवक सम्पर्कविहीन भएका छन् । नगरपालिका ९ शंखडोलबाट २७ वर्षीय शिशिर भण्डारी सम्पर्कविहीन भएका परिवारले जनाएको छ ।

उनको परिवारका अनुसार शिशिर बिहीबार बिहान ७ बजेदेखि सम्पर्कमा छैनन् । घरसँगै रहेको पसलको सिसिटिभीमा शिशिर हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिडिरहेको देखिन्छ । तर उनी परिवारको सम्पर्कमा छैनन् । आफन्त, नातागोता, साथीभाइ तथा सम्भव भएका सबै क्षेत्रमा खोजी गर्दा पनि शिशिर नभेटिएको परिवारले जनाएको छ ।

उनले प्रयोग गर्ने ९८५१३२०९०४ नम्बरको मोबाइल पनि बन्द छ । उनको परिवारले बिहीबार नै महानगरीय प्रहरी वृत्त बौद्धमा लिखित निवेदन दिएको छ । सम्पर्कविहीन शिशिर भण्डारीलाई कसैले देखे नजिकको प्रहरी वा ९८०११२०८३१, ९८५१३१७३३८, ९८४९०५१५३८ र ९८४१४८२०२७ मा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।