आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

नारायणहिटी संग्रहालयभित्र हुने भनिएको महायज्ञ रोकियो

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार ११:१८ मा प्रकाशित (२ साल अघि) ३४८ पाठक संख्या

१८ माघ, काठमाडौं । सचिवस्तरीय निर्णयबाट नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले महायज्ञ गर्ने कार्यक्रम रोकिएको हो ।

संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए । महायज्ञ उद्घाटनका लागि बिहीबार पूर्व राजा पनि संग्रहालय जाने कार्यक्रम तय थियो ।

राजा वीरेन्द्रको निवास श्रीसदस्थित पूजाघर हाल सर्वसाधारणका लागि खुला गरिएको छैन । समितिको पुस १२ गतेको बैठकले महायज्ञ गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

मुलुकको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउन गरिने महायज्ञका लागि पूजाघर उपयुक्त स्थान हुने भन्दै आयोजकले उक्त स्थान रोजेका थिए । नारायणहिटीभित्र हालसम्म कुनै पनि महायज्ञ लगाइएको छैन ।