आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकता घोषणा (फोटोफिचर)

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १९:०३ मा प्रकाशित (२ साल अघि) ३३४ पाठक संख्या

१३ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादी (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) बीच मंगलबार एकीकरण भएको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीले जनताका सरोकारका मुद्दाहरुलाई पार्टीले प्राथमिकतापूर्वक उठाउने बताएका थिए । वागमति प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आगामी चुनावमा पार्टीले बलियो जनमत ल्याउने बताए । उनले एकीकृत समाजवादी पार्टीमा राजनीतिक दल र समुहहरुको ध्रुविकरणले तिव्रता पाउने दावी गरे ।