आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

धर्म फाउण्डेसशनद्धारा आयोजित टेबलटेनिस प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार २१:४८ मा प्रकाशित (२ साल अघि) ११४ पाठक संख्या

१२ पुष, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको धर्म फाउण्डेसनद्धारा आयोजित टेवल–टेनिस प्रतियोगितामा केशव थापा र पुजा सोती प्रथम भएका छन् । विजेताहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

खगेन्द्र सामुदायिक हल नारायणटारमा शनिबार र आइतबार आयोजना भएको गोकर्णेश्वर खुल्ला टेवलटेनिस प्रतियोगिता २०२१ मा पुरुषतर्फ कृतिश आचार्य दोस्रो र दिगमसिंह चेम्जोङ र निरज थापा तेस्रो भएका थिए । त्यस्तै महिलातर्फ लाली तामाङ दोस्रो भइन् ।

बिनिता मगर र अनु थापा तेस्रो भएका थिए । समाजसेवी स्वर्गिय मानबहादुर लामाको सम्झनामा धर्म फाउण्डेसनद्धारा सो प्रतियोगिता भएको थियो ।

पुरस्कार वितरण समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतका व्यक्तित्वहरुको यपस्थिती रहेको थियो ।