आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वरमा एक लाख पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता हुने

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १६:५८ मा प्रकाशित (२ साल अघि) १०८५ पाठक संख्या

१२ पुष, काठमाडौं । अल नेपाल यूवा क्लबको आयोजनामा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १७ गते देखी १९ गते सम्म सञ्चालन हुनेछ । खेल गोकर्णेश्वर वडा नं. ९ आरुवारी, गैरीगाउँमा हुनेछ ।

प्रतियोगितामा भाग लिन माघ १७ गते बिहान १० बजे सम्ममा टिम दर्ता गर्नु पर्ने आयोजकले बताएका छन् । टिम दर्ताका लागि ६ हजार शुल्क तोकिएको छ ।

यसैगरी, खेल अन्तराष्ट्रिय भलिबल एफआईभीबी को नियम अनुसार टी.टी. सिस्टममा खेलाईनेछ भनें खेलाडी टिम कोच सहित एक टिममा १० जना सहभागी हुनु पर्नेछ ।
यसैगरी प्रतियोगिताको खेलाडीले सम्बन्धित प्रदेश जिल्ला नगर र क्लबको आफ्नो परिचय खुल्ने कागज र नागरिकताको फोटोकपी अनिवार्य लिएर उपस्थित हुनु पर्ने तथा खेलाडीले जसि अनिवार्य लगाउनु पर्ने लगायतका नियमहरु रहेका छन् ।

प्रतियोगिताको विजयी टिमले प्रथम पुरस्कार नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी द्वितिय हुनेले पुरस्कार नगद रु.५० हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् भनें तृतिय हुनेले नगद रु २५ हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा अनुशासित खेलाडी, उत्कष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टरले ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । क्वाटर फाइनलदेखि म्यान अफ दि म्याच ट्रफिको समेत व्यवस्था रहेको छ ।