आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन स् अध्यक्षमा छैन चासो, महासचिवमा दावी बढ्दै

गोकर्णेश्वर खबर१० पुष २०७८, शनिबार २१:१५ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

काठमाडौं । विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा ९माओवादी केन्द्र०ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ ।

सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने भएका छन् ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् । त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा आजको स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । बैठकपछि प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिए ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडासम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो । आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्यो । प्रदेश–२ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ । गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो । वाग्मती र प्रदेश–१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ ।

वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेल नेतृत्वको वाग्मती प्रदेश समितिले आज मात्रै आफ्नो पदभार ग्रहण गरेको छ । सहमति हुन नसकेपछि माओवादीले मतदान नै गराएर दुई प्रदेशको नयाँ नेतृत्व चयन गरेको हो ।

प्रदेश–२ को प्रदेश समिति मात्रै गठन गरिएको छ । गण्डकी प्रदेशमा अध्यक्ष मात्रै चयन गरिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा पनि अध्यक्ष मात्रै चयन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश समिति चयन गरिएको छ । बाँकी रहेका गैरभौगोलिक प्रदेशको पनि नेतृत्व चयन भएको छ ।

महासचिवमा क(कसले गर्दैछन् दावी रु
माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश गरिसकेको अवस्था छैन ।

पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताहरूले दावी गरिरहेका छन् । सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दावी गरेका छन् । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेका छन् । यस्तै आज मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेका छन् ।

तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हाल्नु भएकाले भुसालले आफू महासचिवका लागि योग्य रहेको दावी पेश गर्नुभएको हो । माओवादीको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

माओवादीको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरे । वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरे । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको छ । महानगर, नगर र पालिकाबाट चयन भएकाले प्रदेश समिति निर्वाचित गरेको छ । प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दावी गरेको छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने सङ्कल्प गरेका छन् । टुटफुटको शृङ्खलाबाट अगाडि बढेको माओवादीलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ सङ्कल्प गरेका प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औँँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आएका छन् ।

पार्टीलाई कमीकमजोरी सच्याएर एउटा क्रान्तिकारी पार्टीका रूपमा, एउटा अन्तर्राष्ट्रवादी पार्टीका रूपमा, र समाजवादी क्रान्ति नेता पार्टीका रूपमा यसलाई रूपान्तरण गर्ने दोसाँधमा आफू रहेको भन्दै प्रचण्डले राष्ट्रिय सम्मेलनबाट विचारमा प्रष्टता आउने दावी गरेका छन् ।

नेकपा ९एमाले० र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादीले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दावी गरिहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

त्यसो त अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा राष्ट्रिय सम्मेलनमा पेश गरिने राजनीतिक दस्तावेज पेश गरेका छन् । दस्तावेज कुन दिशामा केन्द्रीत भएको छ भन्ने बारेमा माओवादीको नेतृत्वले कुनै जानकारी नदिए पनि निरन्तरतामा क्रमभङ्गता हुने दावी गरिएको छ ।