आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुँदै, आइतवारको केन्द्रीय समितिले निर्णय गर्ने

गोकर्णेश्वर खबर१० पुष २०७८, शनिबार १९:४६ मा प्रकाशित (२ साल अघि) २९७ पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतवारबाट शुरु हुने भनिएको राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत हुन भएको छ । शनिवार अबेर बसेको स्थायी समितिको बैठकको एकमतले उक्त एजेण्डा पारित गरेको हो । बिचारको बहस गर्ने भनेर डाकिएको राष्ट्रिय सम्मेलनले अब महाधिवेशनमार्फत नेतृत्वको बारेमा पनि छलफल गर्ने बाटो खुल्ला गरेको बताइएको छ । सो पार्टीले महाधिवेशनको औपचारिक निर्णय भने गरिसकेको छैन । तर, आइतवार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकेको पार्टीको केन्द्रीय समितिको बैठकले भने यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ ।

२१ औं शताब्दीको समाजवादको नेपाली बाटो कस्तो हुने भन्ने बिषयमा छलफलका लागि सम्मेलनको आयोजना गरेको राजधानीका विभिन्न मिडियाका पत्रकारसँग बताएका पार्टीका अध्यक्षले एक्कासी महाधिवेशनको प्रस्ताव गरेका हुन् । अब गर्ने भनिएको महाधिवेशन आठौँ महाधिवेशन हुने बताइएैको छ । स्थायी कमिटी बैठकपछि पेरिसडाँडामा प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए ।