आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

चितवनका मालपोत अधिकृत र अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

गोकर्णेश्वर खबर९ पुष २०७८, शुक्रबार २०:०४ मा प्रकाशित (२ साल अघि) २१३ पाठक संख्या

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

त्यस्तै भरतपुर महानगरपालिका(२० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै चितवन मालपोत कार्यालयका अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।