आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारबारे चिनियाँ टोलीको अध्ययन

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १०:२६ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

७ पुस, काठमाडौं । चिनियाँ प्राविधिक टोलीले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको स्थलगत अध्ययन गरेको छ । गत हप्ता चीनको आधिकारिक प्राविधिक टोली विस्तारको तयारीमा रहेको चक्रपथका विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएको हो ।

स्थलगत अध्ययन गरेर फर्किएको टोलीले डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चिनियाँ दूतावासमार्फत नेपाललाई पठाउनेछ । त्यसपछि कार्ययोजना सहित निर्माण कार्यको शुरु पनि हुनेछ ।