आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

विभिन्न ६ राजनीतिक दलबाट एमसीसीको विरोधमा आयोजित र्याली (फोटोफिचर)

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार १८:४६ मा प्रकाशित (२ साल अघि) ६३५ पाठक संख्या

६ पुष, काठमाडौँ । विभिन्न ६ राजनीतिक दलले आज काठमाडौंमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा र्याली निकालेका छन् । देउवा सरकारले संघीय संसद्बाट एमसीसी पारित गर्न प्रस्ताव लैजाने हल्ला बढ्दै जाँदा नेपालमा एमसीसीको विरोधमा र्याली निकाल्नेक्रम तिव्र भईरहेको छ ।

आजको विरोधमा र्याली नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा‚ नेकपा (मसाल)‚ नेकपा (क्रान्तिकारी माओवादी)‚ नेकपा (माले)‚ ऋषी कट्टेल नेतृत्वको नेकपा‚ राष्ट्रिय जनमोर्चा पार्टी‚ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेका हुन् ।र्याली माइतीघरबाट शुरु भई नयाँ बानेश्वर पुगी कोण सभामा परिणत भएको थियो ।