आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार ०८:४२ मा प्रकाशित (२ साल अघि) ३२३ पाठक संख्या

६ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।

पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी ’छिन्तु’ र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।

सचिव इन्द्र बहादुर थिङ ’छिन्ताङ’ निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी ’बिजय’, माधव लामिछाने ’समिर’ र प्रकाश श्रेष्ठले बाजी मारेका छन् । यस्तै कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् ।