आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर जगडोलस्थित भूमेथानमा उभौली मनाईदै (फोटोफिचर)

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार २२:२२ मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

४ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको जगडोल भूमिथानमा किरात समुदायले उभौली मनाएका छन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ ।

आज गोकर्ण जगडोल वनमा भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर पुगेमा थिए । जगडोलमा धुमधामसँग परम्परागत बाजा बजाएर, नाचगान गरेर उभौली मनाइएको थियो ।