आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार १९:३२ मा प्रकाशित (२ साल अघि) १५५ पाठक संख्या

४ पुष, काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

५ दलीय गठबन्धनको बैठकले गठन गरेको कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो ।

गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा एमसीसी पारित हुनुपर्ने बताउँदै आएपनि सरकारबाट बाहिरिएपनि भने एमसीसीबारे अस्पष्ट धारणा राख्दै आएको छ ।