आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

आज धान्य पूर्णिमा तथा योमरी पुन्हि मनाईँदै

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार ०८:०३ मा प्रकाशित (२ साल अघि) १५४ पाठक संख्या

४ पुष, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने मान्यता छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।

आज नेवार समुदायले योमरी नामको विशेष परिकार बनाएर प्रसादको रुपमा देविदेवतालाई चढाउने तथा खाने भएकोले योमरी पुन्हि पनि भनिन्छ ।