आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

पर्यटन बोर्डका सिइओ डा.धनञ्जय रेग्मी निलम्बित

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ०८:०६ मा प्रकाशित (२ साल अघि) ५२१ पाठक संख्या

३ पुष,  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको सुक्रबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गरेको हो ।

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको हो ।

पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप लगाएर रेग्मी माथी कारवाही गरिएको हो ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय बाहिर आएको थियो ।